Below Menu
Below Menu

डब्लुटिओको ट्रेड एन्ड डेभलपमेन्ट कमिटी अध्यक्षमा सुवेदी निर्विरोध निर्वाचित 

डब्लुटिओको ट्रेड एन्ड डेभलपमेन्ट कमिटी अध्यक्षमा सुवेदी निर्विरोध निर्वाचित 

काठमाडौं : संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको उच्च पदमा निर्वाचित भएका छन् । राजदूत सुवेदी सङ्गठनको ट्रेड एन्ड डेभलपमेन्ट कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त सङ्गठनको टियर एक तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो । विश्व व्यापार सङ्गठनको उच्च पदमा उनी निर्विरोध निर्वाचित भएपछि नेपालको आर्थिक तथा व्यापारिक हित प्रवर्द्धनमा सहज हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विश्वास छ । 

मन्त्रालयले राजदूत सुवेदीलाई सफल कार्यकालका लागि शुभकामना पनि दिएको छ भने मन्त्रालयबाट हुनसक्ने आवश्यक सहकार्य तथा समन्वय गर्ने पनि प्रतिबद्धता जाहेर गरेको छ। सीटीडी अध्यक्षको हैसियतमा राजदूत सुवेदीको कार्यकाल एक वर्ष रहनेछ ।

विश्व व्यापार सङ्गठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफलहरू अति कम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता, विकास र व्यापारमा केन्द्रित छन् ।

Advertisment

थप समाचार