काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिसम्ममा संस्थाले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
गत आवको पुस मसान्तसम्म २४ करोड ७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आँदानी गरेको संस्थाले चालु आवको यस अवधिमा १७ करोड ८५ लाख ५५ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोे छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेको छ ।
त्यस्तै यस अवधिमा कम्पानीको खुद फि तथा कमिशन आम्दानी ११.५१ प्रतिशत घटेको छ भने संस्थाको कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत र सञ्चालन मुनाफा ४१.४८ प्रतिशतले घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको इपिएस ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ । त्यस्तै यस अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्म ३.८४ प्रतिशत रहेको संस्थाको निष्क्रिय कर्जा ०.६७ प्रतिशतले बढेर ४.५१ प्रतिशत पुगेको छ ।
Advertisment