Below Menu
Below Menu

किसान बहुउदेश्यीय सहकारीको अध्यक्षमा सुरेन्द्र कुमार शाह निर्वाचित

किसान बहुउदेश्यीय सहकारीको अध्यक्षमा सुरेन्द्र कुमार शाह निर्वाचित

कैलाली : किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह निर्वाचित भएका छन् । पौष २७ गतेदेखि लम्कीमा शुरु भएको संस्थाको २९ औं साधारण सभाबाट अध्यक्ष सुरेन्द्र शाह लगायत सञ्चालक समिति र लेखा समितिसमेत निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा टीकेन्द्र थापा, सचिवमा लोकराज तिमिल्सैना, कोषाध्यक्षमा मयाराम धमाला, सहसचिवमा दिनेश कुमार चलाउने, सदस्यहरुमा पतिराम चौधरी, जयरुप बुढा, मनिराम न्यौपाने, सरोजकुमार शाह, चन्द्रा सिंह, निरबहादुर शाह र्निविरोध निर्वाचित भएका छन ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा नृप वहादुर कुँवर, सदस्यमा देवानन्द जैशी बजगाई र कृष्ण बहादुर रावल निर्वाचित भएका छन । यस्तै सहकारीको जिल्ला प्रतिनिधिमा नमराज उपाध्याय समेत निर्विरोध र्निवाचित भएका छन्।

Advertisment

थप समाचार