Below Menu
Below Menu

आरएसडिसी लघुवित्तको नाफा १२.७३ प्रतिशतले घट्यो, इपिएस कति ? 

आरएसडिसी  लघुवित्तको नाफा १२.७३ प्रतिशतले घट्यो, इपिएस कति ? 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १२.७३ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिसम्ममा संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । यसका साथै संस्थाको खराब कर्जा पनि बढेका कारण नाफामा असर परेको हो ।  

गत आवको पुस मसान्तसम्म १४ करोड ७५ लाख  रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको यस अवधिमा १२ करोड २० लाख  हजार रुपैयाँ ब्याज आम्दानी गरेकोे छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १७.३२ प्रतिशत घटेको छ । 

त्यस्तै यस अवधिमा कम्पनीका सञ्चालन मुनाफा १२.७३ प्रतिशतले घटेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । पुस मसान्तसम्म आइपुग्दा  लघुवित्तको इपिएस १९रुपैयाँ ७३ पैसाबाट घटेर १५ रुपैयाँ ९४ पैसामा झरेको छ । 

त्यस्तै यस अवधिमा संस्थाको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा रहेको छ । गत वर्षको पुस मसान्तसम्म ०.८१ प्रतिशत रहेको संस्थाको निष्क्रिय कर्जा बढेर १.८२ प्रतिशत पुगेको छ । 

Advertisment

थप समाचार