Below Menu
Below Menu

नेप्से परिसूचक दुई हजार बिन्दुमा झर्यो, कारोबार रकम पनि निरन्तर खुम्चिदै  

नेप्से परिसूचक दुई हजार बिन्दुमा झर्यो, कारोबार रकम पनि निरन्तर खुम्चिदै  

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्ने कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।

आज दोर्दी खोला जलविद्युत्त कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार