Below Menu
Below Menu

६/७ सय बदमास सहकारीले अरुलाई पनि बदनाम बनाए: स्वर्णिम वाग्ले

६/७ सय बदमास सहकारीले अरुलाई पनि बदनाम बनाए: स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले ६/७ सय बदमास सहकारीले अरुलाई पनि बदनाम बनाएको बताएका छन् । सोमबार पत्रकार सम्मेलमा बोल्दै वाग्लेले सहकारीहरु छाडा भएको समेत बताए ।

राजनीतिक स्वार्थका कारण सहकारी क्षेत्रमा विकृति मौलाएको उनको भनाई थियो । ‘ठूला सहकारीको नियमन गर्न राष्ट्र बैंकलाई फिल्डमा उतार्नुपर्छ’, उनले भने, ‘ठूला सहकारीलाई राष्ट्र बैंकले तीन वर्षसम्म नियमन गर्नुपर्छ ।’

सहकारी ऐन २०७४ मा भएको राम्रा राम्रा व्यवस्था समेत कार्यान्वयन नभएको उनले स्पष्ट पारे । सरकारले आफैँले अध्ययन गरेर तयार पारेका रिपोर्टहरूको पालना नगरेका कारण समस्या आएको समेत बताए ।

राजनीतिक स्वार्थका कारण सहकारी क्षेत्रमा विकृति मौलाएको बताए । २०७४ असोज ३ गते आएको ऐनलाई सांसदहरूले ६५३ पटक संशोधन गरेको बताए । 

Advertisment

थप समाचार