काठमाडौं : सन् २००९ मा स्थापित इसेवा आज घरघरको नाम हो । नगदरहित अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित स्थापित नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा डिजिटल वालेटको पर्यायवाची बनेको छ ।
बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । त्यति मात्र नभई डिजिटल भुक्तानीले मानिसको दैनिकी निकै सहज बन्दै गएको छ ।
१५ औं बसन्त पार
नेपालमा मात्र नभएर दक्षिण एशियामा पहिलो मोबाइल वालेट कम्पनी १६ औं वर्षमा प्रवेश गरेको छ । एफ्वान सफ्ट ग्रुप अन्तर्गत सञ्चालित कम्पनी इसेवा हो । इसेवाले आफ्नो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्न एजेन्ट बनाएको छ, जहाँ इसेवा प्रयोग गर्न नजान्ने मानिसहरुका लागि एजेन्टले उनीहरुलाई डिजिटल कारोबार गर्न सघाउँछन् ।
ग्राहकको सर्वाधिक रुचिमा परेकाले इसेवाले पनि आफ्ना सेवालाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लगेको छ । समयसापेक्ष विभिन्न सेवा पस्किँदै आइरहेको छ । इसेवाले सदस्यहरूको रकमको सुरक्षादेखि आफ्ना एपको प्रयोगलाई सहज र सरल बनाएको छ ।
१५ औं वर्षको अवधिमा इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेको कम्पनीले जनाएको छ ।
इसेवाले भुक्तानी क्षेत्र (ठूलो/सानो, खुद्रा/थोक, सार्वजनिक/निजी) को प्रत्येक भागलाई समेटेर, गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने र देशकै सबैभन्दा रुचाइएको सेवा प्रदायक बन्ने गरी नगदरहित अर्थतन्त्र सिर्जना गर्ने परिकल्पना गरेको छ ।
आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
कम्पनीले १५ औं वार्षिकोत्सवको अवस्थामा रोमाञ्चक अफरहरू ल्याएको छ । सो अवसरमा कम्पनीले प्रयोगकर्ताहरूलाई १५ दिनका लागि १५ वटा आकर्षक अफरहरू ल्याएको छ । जसमा एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा आईफोन १५ प्रो म्याक्स समेत जित्नेछन् ।
१५ औँ वार्षिक उत्सवका १५ अफर
यसैबीच इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् ।
यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्बजनिक गरेको छ ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
आईएसओ मान्यता पाउने पहिलो डिजिटल वालेट
भुक्तानी सेवा प्रदायक इसेवाले विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड आइएसओ प्रमाणित भएको छ । कम्पनीले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको हो । यससँगै इसेवा आईएसओ मान्यता पाउने पहिलो डिजिटल वालेट कम्पनी बनेको छ ।
आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय रहेको पुष्टि भएको छ भने कम्पनीले सूचना प्रणाली, गोपनियता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।
टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउँ आएको कम्पनीको दाबी छ ।
डिजिटल नेपालमा इसेवाको भुमिका
नेपाललाई पूर्ण रुपमा डिजिटल बनाउने अभियानलाई साकार पार्न इसेवाको ठूलो भूमिका रहेको छ । नेपाललाई पूर्ण रुपमा डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ जारी गरेको छ । इसेवाले सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो भुक्तानी सेवा प्रदायको लाइसेन्स प्राप्त गरिसकेको छ । अनेकौं चुनौती र अप्ठ्याराका बाबजुत इसेवाले डिजिटल नेपाल बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
नेपाललाई पूर्ण रूपमा डिजिटल बनाउने सरकारको उद्देश्य त्यति सहज हुन सकेको छैन । कुल जनसंख्याको ३० प्रतिशतले मात्रै अनलाइन भुक्तानीमा आवद्ध रहेको छन् । प्रतिस्पर्धी बजारमा ग्राहकको पहिलो रोजाईमा परेको इसेवाले ७० प्रतिशत नै अनलाइन भुक्तानी गर्ने योजना राखेको छ ।
ग्राहकलाई विश्वास जित्न सफल कम्पनी सुरक्षाको हिसाबले पनि अन्यभन्दा सुरक्षित छ । अन्य वालेटको तुलनामा बढी सुविधा भएकाले इ सेवा ग्राहकको रोजाइमा परेको छ । सुरक्षाको हिसाबले थप विश्वसनीय बनाउन कम्पनीले थप गृहकार्य गरिरहेको छ भने थप पेमेन्ट सुविधाहरु ग्राहकहरुमाझ ल्याउने योजना बनाइरहेको छ ।
के-के छन् सुविधा ?
इसेवा नेपालकै पहिलो मोबाइल वालेट हो जहाँबाट प्रयोगकर्ताहरुले तुरून्तै आफ्नो मोबाइल फोन र इन्टरनेटबाट बिल भुक्तानी गर्न, पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
इसेवाबाट उपयोगकर्ताहरुले सहज र सरल तरिकाले विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । इसेवाको प्रयोगबाट मोबाईल रिचार्ज, बिजुली बिल, खानेपानी बिल, ईन्टरनेट बिल, टिभी भुक्तानी, फिल्म टिकट, एयरलाईन्स र बस टिकटको भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै इसेवाबाट बीमा प्रिमियम भुक्तानी, स्कुल र कलेज शुल्क भुक्तानी, अनलाइन खाजा अडर, अनलाइन सपिङ तथा क्रेडिट कार्ड बिल भुक्तानी पनि गर्न सकिन्छ ।
इसेवा प्रयोग गरेर घरमै बसी बसी बिल तिर्न सकिनेछ भने काउन्टर धाई राख्ने झन्झट भएन, नगद ट्रान्स्फर गर्न बैंक दौडि राख्न परेन । न त मोबाईल रिचार्ज गर्न पसल जान पर्यो जस्ले गर्दा उपयोगकर्ताको समयको बचत हुनुको साथै आर्थिक लागत पनि कम हुन्छ । यसको साथै आफ्नो खर्चको विवरण पनि सहज रुपमा हेर्न सकिन्छ भने पैसा चोरी हुने डर पनि हुँदैन ।
आफ्नो इसेवा खातामा पैसा राख्न उपयोगकर्ताहरुले इसेवाबाटै मोबाईल बैंकिङ अथवा इन्टरनेट बैंकिङ मार्फत राख्न सक्नेछन् । मोबाईल बैंकिङ अथवा इन्टरनेट बैंकिङ नभएको खन्डमा उपयोगकर्ताहरुले बैंकमा गई आफ्नो इसेवा खातामा पैसा डिपोजीट गर्न सकिने छ । नजिकैको इसेवा क्यास पोईन्टमा गएर पनि इसेवा खातामा पैसा हाल्न सकिने छ ।
Advertisment