Below Menu
Below Menu

सार्वजनिक स्थलमा १९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौं महानगर

सार्वजनिक स्थलमा १९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा ‘डस्टबिन’  राख्ने भएको छ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न महानगरले १ हजार ९५० सेट ‘डस्टबिन’ राख्ने भएको हो । 

महानगरका अनुसार एउटा सेटमा २ वटा ‘डस्टबिन’  हुन्छन् । जसमा हरियो ‘डस्टबिन’ कुहिने र रातो ‘डस्टबिन’ नकुहिने फोहोरका लागि हो । नमूनाका रुपमा वडा नं। २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागिएको छ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागिएको हो । 

पहिलो खाले सेट सानो आकारको हो । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् । 

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । यसमा प्रयोग हुने स्ट््याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र ‘डस्टबिन’को मुल्य ३ हजार ८९० रुपैयाँ रहेको महानगरले जनाएको छ । 
 

Advertisment

थप समाचार