Below Menu
Below Menu

आन्तरिक राजस्व विभागले उठायो दुई खर्ब ७९ अर्ब राजस्व, लक्ष्यभन्दा २० प्रतिशत कम 

आन्तरिक राजस्व विभागले उठायो दुई खर्ब ७९ अर्ब राजस्व, लक्ष्यभन्दा २० प्रतिशत कम 

काठमाडौं : आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको सात महिना अर्था माघ मसान्तसम्म लक्ष्यको ८०.३० प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा २ खर्ब ७९ अर्ब ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । 

माघ मसान्तसम्म विभागले ३ खर्ब ४७ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा आयकरबाट एक खर्ब ४२ अर्ब १९ करोड ५३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा एक खर्ब २६ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ८९.३० प्रतिशत हो । 

माघ मसान्तसम्म विभागले घरबहाल करबाट लक्ष्यको ६८.९३ प्रतिशत राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट एक अर्ब ९९ करोड ८ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले एक अर्ब ३७ करोड २३ लाख रुपैयाँ उठाएको हो । 

त्यसैगरी, विभागले ब्याजबाट माघ मसान्तसम्म २५ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा ३४ अर्ब १८ करोड ७० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको ७५.२७ प्रतिशतमा मात्रै उठाउन सफल भएको छ । 

विभागका अनुसार भ्याटबाट यस अवधिमा लक्ष्यको ७८.६६ प्रतिशत राजस्व संकलन भएको छ । भ्याटबाट ८३ अर्ब १२ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले ६५ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ राजस्व उठाएको हो । 

चालु आवको माघ मसान्तसम्म अन्तशुल्क शीर्षकमा ५३ अर्ब ७९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ६८.६८ प्रतिशत हो । विभागले उक्त शीर्षकमा ७८ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य लिएको थियो । 
त्यस्तै यस अवधिमा स्वास्थ्य शीर्षकमा विभागले लक्ष्यको ६२.९८ प्रतिशत राजस्व संकलन गरेको छ । स्वास्थ्य शीर्षकमा६ अर्ब १० करोड ४८ लाख रुपैयाँको लक्ष्य लिएको विभागले ३ अर्ब ८४ करोड ५० लाख रुपैयाँ उठाएको हो ।

यस अवधिमा विभागले शिक्षा शीर्षकमा राजस्वको लक्ष्य भेटेको छ । माघ मसान्तसम्म शिक्षा शीर्षकमा एक अर्ब ५० करोड रुपैयाँ राजूव उठाउने लक्ष्य लिएको विभागले एक अर्ब ८८ करोड १० लाख रुपैयाँ उठाएको हो । जुन लक्ष्यको १२५.४० प्रतिशत हो । 

माघमा ब्याज र शिक्षाबाट उठ्ने राजस्वको लक्ष्य पुरा 

चालु आवको माघ महिनामा विभागले ब्याज र शिक्षा शीर्षकको राजस्वको लक्ष्य पुरा गरेको छ । माघमा विभागले ४३ अर्ब एक करोड ५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएको विभागले ३६ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ उठाएको हो । जुन लक्ष्यको ८४.५६ प्रतिशत हो । 

यस अवधिमा विभागले ब्याजबाट ६ अर्ब ५९ करोड १७ लाखको लक्ष्य लिएकोमा ६ अर्ब ८४ करोड ५छ लाख रुपैयाँ राजस्व उठाएको छ । जुन लक्ष्यको १०३.७० प्रतिशत हो । 

त्यसैगरी यस अवधिमा शिक्षा शीर्षकमा लक्ष्यको १६३.४७ प्रतिशत राजस्व संकलन भएको विभागले जनाएको छ । माघमा शिक्षाबाट १७ करोड ९५ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २९ करोड ३४ लाख रुपैयाँ उठाउन सफल भएको हो । 

त्यसैगरी यस अवधिमा विभागले आयकरबाट लक्ष्यको ८२.२१ प्रतिशत, घरबहाल करबाट लक्ष्यको ७५.८८ प्रतिशत भ्याटबाट ८६.९५ प्रतिशत, अन्तशुल्कबाट लक्ष्यको ७२.३१ प्रतिशत र स्वास्थ्य शीर्षकबाट लक्ष्यको ६२.६० प्रतिशत राजस्व संकलन गरेको छ ।

सात महिनामा उठ्यो साढे ५ खर्ब राजस्व

सरकारले चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थमन्त्रालयका अनुसार यस अवधिमा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन भएको हो । सरकारले चालु आवको माघ मसान्तसम्म ७ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

तर, गत वर्षको सोही अवधिको तुलनामा १०.२४ प्रतिशत बढी राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले गत वर्षको माघ मसान्तसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले माघ मसान्तसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेको छ । विभागले गत वर्षको तुलनामा ९.९१ प्रतिशत बढी राजस्व संकलन गरेको हो । 

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा सरकारले यो वर्ष १२ खर्ब २ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
 

Advertisment

थप समाचार