Below Menu
Below Menu

आयात निर्यातमा संकुचन, आठ खर्ब ११ अर्बको व्यापार घाटा

आयात निर्यातमा संकुचन, आठ खर्ब ११ अर्बको व्यापार घाटा

काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा नेपालले आठ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले आठ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

माघमा नेपालले नौं खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । माघमा आयात ३.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको हो । माघ मसान्तसम्म करिब नौ खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

Advertisment

थप समाचार