काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १९ फर्ममाथि कारवाही तथा जरिवाना गरेको छ । विभागले मंगलबार बजार अनुगमनको क्रममा होटल तथा रेस्टुरेन्ट, किराना पसल, जुत्ता चप्पल र रेडिमेड तथा थान कपडा पसललाई जरिवाना गरेको हो ।
बजार अनुगमनका क्रममा कैफियत भेटिएका चार व्यापारिक प्रतिष्ठानलाई विभागले जरिवाना जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।
ललितपुरको होटल तथा रेष्टुरेन्टमा रिलेवलिङ गरेको र मूल्य नापतौलमा हेरफेर गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, पुल्चोकमा रहेको किराना पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ भने सूर्यविनायकमा रहेको जुत्ता चप्पल पसल र बालकोटमा रहेको रेडिमेड तथा थान कपडा पसललाई ५÷५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।
नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई व्यवसाय दर्तासँग सम्बन्धित कागजातसहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।
Advertisment