काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले लघुवित्तको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिन (बिहीबार) को अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता ६३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ। समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।
फागुन १० गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले शनिबार (भोली) नेपाल हाउस, हात्तीसार, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ।
Advertisment