Below Menu
Below Menu

सरकारी खाताकाे निक्षेप एक महिनामा साढे ३२ अर्बले घट्याे !

सरकारी खाताकाे निक्षेप एक महिनामा साढे ३२ अर्बले घट्याे !

काठमाडौं : निरन्तर रुपमा थुप्रिरहेको सरकारी खाताको निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनामा सरकारी निक्षेप १८४ अर्ब २२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

उक्त रकम स्थानीय र प्रदेश सरकार समेतको खातामा रहेको रकम हो । सरकारका खातामा रहेको मौज्दात रकम माघमा भने घट्दो क्रममा छ ।

उक्त रकम गत पुस महिनाको तुलनामा ३२ अर्ब ५८ करोड ५९ लाख अर्थात १५.०२ प्रतिशतले घटेको हो । पुस मसान्तसम्म यस्तो रकम २१६ अर्ब ८१ करोड ६ लाख रुपैयाँले रहेको थियो ।

२०८० असार मसान्तसम्म ४५ अर्ब ८ करोड ९४ लाख रुपैयाँ रहेको सरकारी निक्षेप चालु आवको पुस मसान्तसम्म आइपुग्दा १७१ अर्ब ७२ करोड ११ लाख रुपैयाँले बढेको थियो । आम्दानी खुम्चिएका कारण सरकार स्रोत व्यवस्थापनमा चरम संकटमा रहेको छ ।

यस अवधिमा सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात रहेको जनाएको छ । याे रकम सरकारले खर्च गरेर बाँकी रहेकाे रकम हाे ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ नगद रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । उक्त रकम नगद मौज्दात केन्द्रीय बैंक (संघीय सरकार), प्रदेश सरकार र स्थानीय तहको समेत हो । 

२०८० असारसम्म यस्तो नगद मौज्दात जम्मा ६० अर्ब रुपैयाँ मात्र रहेको थियो । उक्त रकम माघ मसान्तसम्म आइपुग्दा ५१ अर्ब ३० करोड रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर १० अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस माघ मसान्तसम्मा १५ अर्ब रुपैयाँले घटेको हो । 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म वित्तीय बजारमा २६ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी नगद प्रवाह बढेको छ । यस अवधिमा नगद प्रवाह ६ खर्ब ५२ अर्ब ६२ करोड ६१ लाख १९ हजार ८२७ रुपैयाँ पुगेको हो । 

२०८० असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बजारमा क्यास सर्कुलेशन २६ अर्ब ८३ करोड ८२ लाख ४७ हजार २९७ रुपैयाँले बढेको छ । 

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति २ खर्ब ४६ अर्ब ५ करोड ५० लाख रुपैयाले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार महिनासम्ममा १५ खर्ब ८८ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो सम्पति माग महिनासम्ममा आइपुग्दा बढेर १८ खर्ब ३४ अर्ब १७ करोड ६२ लाख पुगेको छ ।

 

 

Advertisment

थप समाचार