काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।
नेप्सेले सार्वजनिक गरेको सूची अनुसार मार्जिन कारोबार योग्य कम्पनीहरुको संख्या ११२ रहेको छ । जसमा सूचीकृत १९ वटै वाणिज्य बैंक, आठ विकास बैंक रहेका छन् भने ३९ लुघवित्त कम्पनी रहेका छन् ।
त्यसैगरी मार्जिन कारोबारका लागि योग्य फाइनान्स ५ वटा र बीमा कम्पनी १६ वटा रहेका छन् । बीमा कम्पनीहरुमा जीवन बीमा तर्फ सात र निर्जीवन बीमातर्फ ९ वटा रहेका छन् ।
नेप्सेका अनुसार लगानी समूहका ४ वटा कम्पनी, उत्पादन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १६ वटा कम्पनी र २ वटा अन्य समूहका कम्पनी समेत मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा परेका छन् ।




Advertisment