Below Menu
Below Menu

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको संचालक समिती बैठकले चैत्र ९ गते पाँचौ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको ५ औँ साधारणसभा चैत्र ९ गते बिहान ९ बजेदेखि होटल यासआर होटल रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले किसान लघुवित्त वित्तिय संस्था लिमिटेड संग १ः०.८८३४ को अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।

संस्थाले साधारणसभा प्रयोजनार्थ फागुन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, त्यसैले फागुन २३ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Advertisment

थप समाचार