Below Menu
Below Menu

शेयर बजारमा झिनो अंकको करेक्सन, कारोबार रकममा भने सुधार 

शेयर बजारमा झिनो अंकको करेक्सन, कारोबार रकममा भने सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.८७ अंकले घटेर २००१.६४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकम भने सामान्य सुधार आएको छ । आज बजारमा दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बिशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बीपीडब्लु लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लागेको हो ।

आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार