Below Menu
Below Menu

सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु

सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकरणपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दियो। त्यस लगतै नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गरेको हो ।

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते आफ्ना कम्पनीहरुको विशेष साधारण सभा गर्दै १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

Advertisment

थप समाचार