काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थागत विकास उपसमितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको तालिम हल, भक्तपुरमा दुई दिवसीय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न भएको यो ।
संघका सचिव जगनाथ प्रजापतिले सहकारीमा समस्या आन्तरिक र बाह्य कारणहरुले देखापरेको बताए । उनले सहकारीमा लेखा सुपरिवेक्षण समितिले आफ्नो भुमिकाबाट बिमुख हुँदा समयमै सहकारीको आन्तरिक समस्या समाधान हुन नसक्दा सहकारीमा समस्या बल्झेको बताए ।
उनले यस विषम परिस्थितीमा सहकारीका लेखा सुपरिवेक्षण समितिलाई सबल र सक्षम बनाउन संघले आन्तरिक लेखापरिक्षण तालिमको आयोजना गरेको बताए । सहकारी संस्थाहरुले सहकारी ऐन कानुन, विधि र सुशासनमा संचालन गरेमा समस्या नआउने ठहर गर्दै उनले लेखासुपरिवेक्षण समितिले आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गरी समयमै संचालक, व्यवस्थापन र सदस्यलाई सचेत गराउनुपर्ने बताए ।
व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या सहकारीका संचालक, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सदस्यलाई सहकारी शिक्षाको अभावबाट सिर्जित भएको बताए ।
उनले सहकारीका समिति, उपसमिति, व्यवस्थापन र सदस्यलाई निरन्तर सहकारी शिक्षा तथा तालिम प्रदान गरी आ—आफ्नो भुमिका निभाउन प्रोत्साहन गर्नुपर्ने बताए । साथै उनले सिकेका कुरा सहकर्मीलाई पनि सिकाई समुहगत र संस्थागत रुपमा व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।
बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज धोरासाइनेले सहजिकरण गर्दै सहकारीमा लेखासुपरिवेक्षण समितिको भुमिका धेरै हुने भएकोले निरन्तर तालिम लिई अद्यावधिक हुनुपर्ने विचार राखे । उनले आन्तरिक लेखापरिक्षणका परिचय, अवधारण, ज्ञान सिप, क्षेत्र, चरण, प्रतिवेदन, कानुनी व्यवस्था आदि लगायतका विषयमा सहजीकरण गरे ।
तालिमको समापन समारोह संघका कर्मचारी रोकेश जोशीले संचालन गरे । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिमबाट लेखासुपरिवेक्षण समितिका भुमिका बोध भएको र यस्ता तालिमहरु निरन्तर संघले आयोजना गर्न शुभकामना व्यक्त गरे । तालिममा संघ आबद्ध सदस्य संस्थाहरु मध्येबाट २८ जना लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
Advertisment