Below Menu
Below Menu

उच्च अंकको वृद्धिसँगै एक्काइस सय बिन्दुमा उक्लियो शेयर बजार, साढे चार अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढसँगै कारोबार रकम पनि सुधार हुन देखिएको छ । आज बजारमा चार अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज शिवम् सिमेन्ट्स लिमिटेडको सर्र्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्र र वीन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार