Below Menu
Below Menu

नेशनल लघुवित्त र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन 

नेशनल लघुवित्त र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबार नेशनल लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन गरेको हो ।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार नेशनल लघुवित्त वित्तीय संस्थाको ७.५० प्रतिशत बोनसपछिको शेयरमूल्य १ हजार १३४.८८ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार एक हजार २२० रुपैयाँमा भएको थियो । 

त्यस्तै माउन्टेन इनर्जी लिमिटेडको १५ प्रतिशत बोनसपछिको शेयरमूल्य ५५७ दशमलव ३९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ६४१ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार