Below Menu
Below Menu

बहुउद्देश्यीयको नाम राखेर सहकारीका सदस्यलाई झुक्याउने काम भयोः पुर्वअर्थमन्त्री खतिवडा

बहुउद्देश्यीयको नाम राखेर सहकारीका सदस्यलाई झुक्याउने काम भयोः पुर्वअर्थमन्त्री खतिवडा

काठमाडौं : पुर्वअर्थमन्त्री युवराज खतिवडाले उत्पादन र उपभोक्तामा जोडिएका सहकारीहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले बहुउद्देश्यीय सहकारी संस्थाहरु काम नभएको बताए । 

बहुउद्देश्यीय नाम राखेर एकल उद्देश्य लिएर काम गर्ने संस्थाको काम नभएको बताउँदै उनले उत्पादन र उपभोक्तामा जोडिएका सहकारी बाहेक अन्य सहकारीका उद्देश्यहरुलाई संशोधन गरेर अगाडी बढ्न आवश्यक रहेको बताए । 

उनले भने, ‘बहुउद्देश्यीय नाम राखेर झुक्याउने काम भयो । अब बहुउद्देश्यीय सहकारी काम छैन । सहकारीलाई नेटवर्किङ बनाउनु हुँदैन । सहकारीको नाममा झुक्याउने, सहकारीले नेटवर्किङ गर्ने काम सन् २०२५ मा नै बन्द हुन्छ ।’

यसका साथै उनले सहकारी सदस्य समुदायप्रति जिम्मेवार नभए सन् २०३० सम्ममा सहकारी संस्थाको अस्तित्व नै सकिने बताए । सहकारी डिजिटलमा जाँदा साईबर सुरक्षा बढ्दै जाने बताउँदै उनले सदस्यको कारोबार सुरक्षित राख्न चुनौती बढ्ने बताए । 
 

Advertisment

थप समाचार