Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकम पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन्  । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार