Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार एक खर्ब नजिक, नेपाल लाइफको मात्रै २५ अर्ब माथि

जीवन बीमा कम्पनीको व्यापार एक खर्ब नजिक, नेपाल लाइफको मात्रै २५ अर्ब माथि

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ ।

गत माघ मसान्तको तुलनामा फागुन मसान्तसम्म ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ अर्थात १३.४१ प्रतिशतले व्यवसाय बढाएका हुन् । माघ मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख ७३ हजार ३१५ बीमालेख बिक्री गरी ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले करिब एक खर्बको व्यापार गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ८० हजार २ बीमालेख बिक्री गरी ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

एक महिना उठाए साढे ११ अर्ब बीमाशुल्क

कम्पनीहरुले चालु आवको फागुन महिनामा मात्रै ११ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार लाख १५ हजार ६७६ बीमालेख बिक्री गरी ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जबकी गत माघमा कम्पनीहरुले चार लाख ४८ हजार ६६६ बीमालेख बिक्री गरी १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल लाइफको व्यापार २५ अर्ब माथि

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार फागुन मसान्तसम्म यस कम्पनीले १२ लाख ९३ हजार २६० बीमालेख बिक्री गरी २६ अर्ब ३० करोड ३० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो

गत माघ मसान्तको तुलनामा कम्पनीको व्यापार १३.३२ प्रतिशत अर्थात ३ अर्ब ९ करोड २६ लाख रुपैयाँले बढी हो । माघ मसान्तसम्म कम्पनीले १२ लाख ६२ हजार ६६१ बीमालेख जारी गरी २३ अर्ब २० करोड ७४लाख रुपैयाँको व्यापार गरेको थियो ।

एघार अर्ब माथिको व्यवसाय गर्ने तीन कम्पनी

यस अवधिमा अन्य तीन कम्पनीले पनि ११ अर्बमा भन्दा बढीको व्यापार गरेका छन् । फाुगन मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सले १५ लाख ९५ हजार ४५२ बीमा लेख जारी गरी १ज्ञ अर्ब ५६ करोड १८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) ले पनि यस अवधिमा ६ लाख ८६ हजार ३९७ बीमालेख बिक्री गरी ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बीमाशु्ल्क उठाएको छ भने हिमालयन लाइफले ३ लाख ८८ हजार ८८७ बीमालेख जारी गरी १ज्ञ अर्ब १८ करोड २ लाख रुपैयाँ उठाएको छ ।

अन्य कम्पनीको व्यापार कस्तो ?

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ७० हजार ३१८ बीमालेख बिक्री गरी ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै चालु आवको फागुन मसान्तसम्म मेट लाइफले ८ लाख ५३ हजार ४४६ बीमालेख जारी गरी ३ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

त्यस्तै, यस अवधिमा एशियन लाइफले ५ अर्ब १५ करोड ८७ लाख, आईएमई लाइफले दुई अर्ब ८२ करोड ६५ लाख रुपैयाँ, सन नेपाल लाइफले दुई अर्ब ४७ करोड १० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ६३ करोड २१ लाख बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुको व्यापार बढेको छ । यस अवधिमा सिटिजन लाइफले पनि १२ करोड २७ लाख ८०३ बीमालेख जारी गरी तीन अर्ब ७२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा सूर्यज्योति लाइफले ५ अर्ब ७० करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले तीन अर्ब ८० करोड ३७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ७१ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

लघुबीमाले कमाए साढे ५ करोड

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । फागुन मसान्तसम्म कम्पनीहरुले २७ हजार २४७ बीमालेख जारी गरी पाँच करोड ८९ लाख ८९ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ बीमालेख जारी गरी एक करोड ५९ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १६ हजार ४८ बीमालेख जारी गरी तीन करोड ६१ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ६९ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 
 

Advertisment

थप समाचार