Below Menu
Below Menu

छ वर्षमा २० सहकारी समस्याग्रस्त, अर्बौको रकम अपचलन 

छ वर्षमा २० सहकारी समस्याग्रस्त, अर्बौको रकम अपचलन 

काठमाडौं : हालसम्म समस्याग्रस्त सहकारीको संख्या २० पुगेको छ । सरकारले पहिलो पटक २०७४ कात्तिक २० गते ओरियण्टल बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । 

सहकारी ऐन–२०७४ ले संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने अधिकार सहकारी मन्त्रालयलाई दिएको छ । उक्त ऐन लागुभएसँगै पहिलोपटक ओरियण्टल सहकारीलाई औपचारिक रुपमा समस्याग्रस्त घोषणा गरिएको थियो । त्यसयता उक्त संख्या थपिएर २० पुगेको छ ।

यसका साथै समस्याग्रस्त संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी काम गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्थापना गरेको छ । 

अर्बौको रकम अपचलन 

समस्याग्रस्त घोषणा भएका २० सहकारीबाट बचतकर्ताहरुको अबौंको रुपैयाँ अपचलन भएको पाइएको छ । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत १३ गतेसम्म मात्रै आठ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् । 

समस्याग्रस्त घोषित १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको कार्यालयले जनाएको छ । 

यस बाहेक चालु आवमा समस्याग्रस्त घोषणा भएका थप ५ वटा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न कार्यालयले सूचना जारी गरेको छ । 

चालू आवको पहिलो दिन अर्थात् साउन १ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ समस्याग्रस्त घोषित भएको थियो । त्यस्तै भदौमा तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएका थिए ।

त्यसैगरी सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था र गौतमश्री बहुउद्देश्यीय सहकारी पनि चालु  आवमै समस्याग्रस्त घोषित गरेको छ ।

२० समस्याग्रस्त सहकारीको विवरण 

१. ओरेन्टल को–अपरेटिभ लिमिटेड
-
यस सहकारी विरुद्ध ४ हजार २५९ बचतकर्ताको ३ अर्ब १९ अर्ब रुपैयाँ  बचत मागदाबी परेको छ । जसमध्ये १ लाखभन्दा कम बचत हुने ५१९ जनाको १०० प्रतिशत बचत फिर्ता गरेको ।

२. कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड 
४. भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड

(समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार यी तीनवटै सहकारीको कारोबार ओरेण्टल को–अपरेटिभ लिमिटेडसँगै सम्बन्धित भएकाले सम्बन्धित सहकारीसँगै काम कारबाही हुनेछ)

५. स्टान्डर्ड सेभिड एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
–उक्त सहकारी विरुद्ध १७५ जना बचत मागदाबीकर्ताको ११ करोड रकममध्ये ८५ जनाको २ करोड ९७ करोड बचत फिर्ता भएको ।

६. प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड

-सात हजार ३५२ जनाको ४८ करोड बचत मागदाबीमध्ये १८६ जनाको रु.३६ करोड बचत फिर्ता भएको ।

७. सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड

–कार्यालयका अनुसार उक्त सहकारी विरुद्ध २४० जनाको १० करोड ८७ लाख बचत मागदाबी मध्ये ५ करोड ५५ लाख बचत फिर्ता भएको २९ जनाको १२ लाखको बचत मागदाबी फिर्ता गरेको छ ।

–बचतमा ८ करोड ४७ करोड मिलान भएको छ भने बाँकी ४ करोड ४० लाख बचत फिर्ता हुन बाँकी रहेको छ ।

८. प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड

– उक्त सहकारी विरुद्ध १३८ जनाको १३ करोड ३ करोड बचत मागदाबीमध्ये २० जना दाबीकर्ताको ३३ लाख बचत फिर्ता भएको छ ।

९.लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड

–२१४ जनाको ११ करोड ७४ करोड बचत मागदाबी मध्ये ६ करोड बचत फिर्ता भएको ।

१०.चार्टड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

–सम्पूर्ण मागदाबीकर्ताको रु.८४ लाख बचत मागदाबी फिर्ता भई राफसाफ भएको ।

११. स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड

–सम्पूर्ण मागदाबीकर्ताको रु ७५ लाख बचत मागदाबी फिर्ता भई राफसाफ भएको ।

१२. कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड

–सम्पूर्ण मागदाबीकर्ताको रु ५७ लाख बचत मागदाबी फिर्ता भई राफसाफ भएको ।

१३. पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

–चालु आवको साउन १ गते समस्याग्रस्त उक्त सहकारीको सम्पूर्ण शाखा कार्यालय शिल गरी सामाग्री, श्रेस्ता जफत गरी कार्यालयमा ई अभिलेखीकरण तथा अद्यावधिक गर्ने कार्य भइरहेको । 

–त्यस्तै सञ्चालक, कर्मचारी तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति खोजतलास तथा रोक्का गरे कार्य भइरहेको ।

–९८४ जना बचतकर्ताले ९८ करोड ७५ लाख रुपैयाँ बराबरको मागदाबी परेको ।

१४. शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

–उक्त सहकारी भदौ २५ गते समस्याग्रस्त घोषणा भएको 

–संस्थाको ३६ बटा शाखा कार्यालयहरू रहेकोमा शिल गरी कागजात बरामद गर्ने कार्य निरन्तर रूपमा भइरहेको ।

–२०८०/०९/१८ मा अनलाइनमार्फत मागदाबी अद्यावधिक गर्ने सूचना जारी भई मिति २०८०/१०/०५ सम्ममा १६ हजार ३६५ जनाले ६ अर्ब २७ करोड रुपैयाँ रकम मागदाबी परेको 

१५. तुलसी बहमुखी सहकारी संस्था लिमिटेड

–संस्था भदौ २५ गते समस्याग्रस्त घोषणा भएको ।

–संस्थाको सम्पूर्ण शाखा कार्यालय शिल गरी कागजात बरामद गरी कार्यालयमा ल्याइएको ।

–५ हजार ३८१ बचतकर्ताको एक खर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबरको मागदाबी परेको ।

त्यसैगरी समस्याग्रस्त घोषित भएका हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था र गौतश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुलाई मागदाबी पेश गर्न सूचना जारी गरेको कार्यालयले जनाएको छ । 
 
 

Advertisment

थप समाचार