काठमाडौं : सरकारले चालु आर्थिक वर्षको नौं महिना अर्थात चैत मसान्तसम्म शेयर बजारबाट पौने चार अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । लगानीकर्ताले साउनदेखि चैत मसान्तसम्म सरकारलाई तीन अर्ब ७९ करोड २ लाख ९८ हजार ४६८ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा ९६.७४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सरकारले १ अर्ब ९२ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो ।
यस अवधिमा संस्थागत लगानीकर्ता र स्टक डिलरले ४५ करोड रुपैयाँ लाभकर तिरेको सिडिएसले जनाएको छ । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारीले २ अर्ब ४३ करोड रुपैयाँ र दीर्घकालीन लगानीकर्ताले ७९ करोड रुपैयाँ लाभकर बुझाएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चैत महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ४८ करोड ३४ लाख ४० हजार रुपैयाँ उठाएको छ ।
दीर्घकालीन तर्फ
त्यस्तै चैतमा व्यक्तिगत दीर्घकालीन कारोबारीले ११ करोड ६८ लाख फागुनमा ११ करोड १३ लाख र माघमा १६ करोड ३१ लाख र पुसमा दीर्घकालीन लगानीकर्ताबाट १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी सरकारले व्यक्तिगत दीर्घकालीन कारोबारी मंसिरमा ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ, असोजमा ५ करोड ५१ लाख ६० हजार, भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन गरेको छ ।
अल्पकालीन तर्फ
यस्तै अल्पकालीन लगानीकर्ताले चैतमा २८ करोड ३७ लाख, फागुनमा १५ करोड १० लाख, माघमा ७४ करोड १३ लाख रुपैयाँ लाभकर तिरेका छन् भने पुसमा २२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ मंसिरमा १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ तिरेका थिए ।
यसैगरी कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, असोजमा १४ करोड ९८ लाख ३३ हजार, भदौमा ७ करोड ६६ लाख ५ हजार र साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
संस्थागत तर्फ
त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि सरकारले चैतमा ८ करोड ८३ लाख, फागुनमा ७ करोड ३० लाख रुपैयाँ राजस्व उठाएको छ । माघमा संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख, पुसमा ४ करोड ६५ लाख र मंसिरमा ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ राजस्व तिरेको सीडीएसले जनाएको छ ।
संस्थागत लगानीकर्ताले कात्तिकमा १ करोड ११ लाख रुपैयाँ असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, भदौमा ६७ लाख रुपैयाँ र साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेछ ।
कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर
सिडिएसका अनुसार सरकारले चालु आवको साउनमा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो भने लगानीकर्ताले भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ राजसव तिरेका थिए ।

त्यस्तै लगानीकर्ताहरुले असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५३ लाख रुपैयाँ, पुसमा ७४ करोड ३९ लाख रुपैयाँ, माघमा ९७ करोड २० लाख र फागुनमा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ ।
Advertisment