Below Menu
Below Menu

खुम्चिदै आयात र निर्यात, साढे १० खर्बको व्यापार घाटा 

खुम्चिदै आयात र निर्यात, साढे १० खर्बको व्यापार घाटा 

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको नौं महिनामा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

चैतसम्म नेपालले १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । चैतमा आयात २.८४ प्रतिशत र निर्यात ३.६६ प्रतिशतले घटेको हो । चैत मसान्तसम्म करिब साढे ११ खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १२ खर्ब एक अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

Advertisment

थप समाचार