Below Menu
Below Menu

साढे ११ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार ! 

साढे ११ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ । 

गत फागुन मसान्तको तुलनामा चैतमसान्तसम्म ११ अर्ब ५५ करोड ११ लाख रुपैयाँ अर्थात ११.७२ प्रतिशतले व्यवसाय बढाएका हुन् । फागुन मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख ८० हजार २ बीमालेख बिक्री गरी ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । 

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको नौं महिना अर्थात चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब बढीको व्यापार गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ३२ हजार ६०१ बीमालेख बिक्री गरी रुएक खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । 

एक महिना उठाए साढे ११ अर्ब बीमाशुल्क

कम्पनीहरुले चालु आवको चैत महिनामा मात्रै ११ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार लाख २६ हजार ३९८ बीमालेख बिक्री गरी ११ अर्ब ५५ करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जबकी गत फागुनमा कम्पनीहरुले चार लाख १५ हजार ६७६ बीमालेख बिक्री गरी ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । 

नेपाल लाइफको व्यापार २९ अर्ब माथि 

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार चैत मसान्तसम्म यस कम्पनीले १३ लाख २३ हजार ८३१ बीमालेख बिक्री गरी २९ अर्ब ४५ करोड ३९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

गत फागुन मसान्तको तुलनामा कम्पनीको व्यापार ११.९९ प्रतिशत अर्थात ३ अर्ब १५ करोड ३९ लाख रुपैयाँले बढी हो । फागुन मसान्तसम्म कम्पनीले १२ लाख ९३ हजार २६० बीमालेख जारी गरी २६ अर्ब ३० करोड रुपैयाँको व्यापार गरेको थियो । 

तीन कम्पनीको व्यापार १२ अर्ब माथि 

यस अवधिमा अन्य तीन कम्पनीले पनि १२ अर्बमा भन्दा बढीको व्यापार गरेका छन् । चैत मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सले १५ लाख ८९ हजार ८९६ बीमा लेख जारी गरी १२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) ले पनि यस अवधिमा ६ लाख ८३ हजार ८६६ बीमालेख बिक्री गरी १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमाशु्ल्क उठाएको छ भने हिमालयन लाइफले ३ लाख ८९ हजार ९९१ बीमालेख जारी गरी १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ उठाएको छ ।

अन्य कम्पनीको व्यापार कस्तो ?

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ६८ हजार ६६८ बीमालेख बिक्री गरी ५ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै चालु आवको चैत मसान्तसम्म मेट लाइफले ८ लाख ६१ हजार ८८४ बीमालेख जारी गरी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा एशियन लाइफले ५ अर्ब ७८ करोड ९५ लाख, आईएमई लाइफले तीन अर्ब २९ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले दुई अर्ब ७८ करोड ९२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दुई अर्ब ९८ करोड २६ लाख बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुको व्यापार बढेको छ । यस अवधिमा सिटिजन लाइफले पनि १२ करोड ३१ लाख ५७८ बीमालेख जारी गरी ४ अर्ब २४ करोड ४९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

यस अवधिमा सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले चार अर्ब २७ करोड ६९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

लघुबीमाले कमाए साढे ७ करोड

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । चैत मसान्तसम्म कम्पनीहरुले ३४ हजार १४ बीमालेख जारी गरी सात करोड ८८ लाख ५३ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ११ हजार ४८१ बीमालेख जारी गरी २ करोड ४ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १९ हजार ९१७ बीमालेख जारी गरी ४ करोड ८१ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले एक करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 
 

Advertisment

थप समाचार