Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीको व्यापार करिब ३० अर्ब, नेशनल इन्स्योरेन्स पुगेन अर्ब क्लबमा 

निर्जीवन बीमा कम्पनीको व्यापार करिब ३० अर्ब, नेशनल इन्स्योरेन्स पुगेन अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३० अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले तीन अर्ब ८३ करोड २६ लाख रुपैयाँले व्यवसाय बढाएका छन् । 

चालु आवको चैत मसान्तसम्म हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ बीमालेख बिक्री गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

गत फागुनसम्मको तुलनामा कम्पनीको व्यापार १४.६४ प्रतिशतले बढेको हो । गत फागुन मसान्तसम्म कम्पनीहरुले १९ लाख १६ हजार ६६६ बीमालेख बिक्री गरी २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । 

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा दुई लाख ४१ हजार ५८४ बीमालेख बिक्री गरी ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा दुई लाख २३ हजार ६६७ बीमालेख बिक्री गरी तीन अर्ब ५३ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई लाख ३२ हजार ५७६ बीमालेख बिक्री गरी दुई अर्ब ८९ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

त्यसैगरी चैत मसान्तसम्म नेको इन्स्योरेन्सले दुई अर्ब ३९ करोड ३९ लाख,  हिमालयन एभरेष्टले दुई अर्ब ५४ करोड ८९ लाख रुपैयाँ, आईजीआई प्रुडेसिन्यलले दुई अर्ब ६४ करोड २ लाख, युनाइटेड अजोडले एक अर्ब ९७ करोड ८३ लाख, एनएलजीले एक अर्ब ८३ करोड ३६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

त्यसैगरी यस अवधिमा दि ओरियन्टलले एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले एक लाख ५७ हजार २५० बीमालेख बिक्री गरी एक अर्ब ३० करोड ६४ लाख रुपैयाँ बीमाशुल्क उठाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी यस अवधिमा नेपाल इन्स्योरन्सले पनि व्यापार बढाएको छ । चैत मसान्तसम्म कम्पनीले एक लाख ५५ हजार ८७५ बीमालेख बिक्री गरी एक अर्ब १४ करोड ५४ लाख रुपैयाँको व्यापार गरेको छ भने सानिमा जिआईसीले एक अर्ब ७८ करोड २१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

नेशनल इन्स्योरेन्स पुगेन अर्ब क्लबमा 

बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरु अपेक्षित रुपमा विजनेश बढाउन सकेन छैनन् । यद्यपी अधिकांश बीमा कम्पनीहरुको व्यापार अर्ब भन्दा पुग्दा नेशनल  इन्योरेन्सको व्यापार भने करोडमै सिमित भएको छ ।

चैत मसान्तसम्म नेशनल इन्स्योरेन्सले २६ हजार १६७ बीमालेख बिक्री गरी ८७ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको हो । 

लघुबीमाले गरे साढे १५ करोडको व्यापार

चैत मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे १५ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ६८ हजार ७७९ बीमालेख जारी गरी १५ करोड ५३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ६ करोड ६२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ९८ लाख, स्टार माइक्रो इन्स्योरेन्सले तीन करोड २८ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६३ लाख ५४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

Advertisment

थप समाचार