लगानी सम्मेलनको पूर्व सन्ध्यामा पूँजीबजार लगानीकर्ता आन्दोलित

लगानी सम्मेलनको पूर्व सन्ध्यामा पूँजीबजार लगानीकर्ता आन्दोलित

काठमाडौं : सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गरिरहँदा स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै शेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

Sponsored Advertisement

सरकारले रातारात ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गर्न खोजिएको उनीहरुको आरोप छ ।

विभिन्न लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले लगानी सम्मेलनको समय भर बिरोध जारी राख्ने समेत घोषणा गरेका छन् ।

लगानीकर्ताहरुले ‘स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके स्टक मार्केट बन्द गर’, ‘हामी भिखारी हैनौ, हामी लगानीकर्ता हौ’, ‘लगानीकर्ता लाई विदेश पलायन गराउने कार्य बन्द गर’, ‘लगानीमैत्री नीति लागू गर’, ‘मौलिक हक अधिकारको सुरक्षा गर, लगानी क्याप खारेज गर’, पूँजीबजार माथिको नाङ्गो हस्तक्षेप बन्द गर’, र ‘प्रिमियममा आईपीओ जारी गर्ने काम बन्द गर’ लगायतका मुख्य नाराहरू तय गरी आन्दोलनका सुरु गरेका हुन् ।

विरोध प्रदर्शन कार्यक्रममा करिब डेढ सय लगानीकर्ताको उपस्थिति थियो । माग सम्बोधन नभएससम्म विरोध कार्यक्रम जारी रहने लगानीकर्ताहरुले बताएका छन् । उनीले लगानी सम्मेलन स्थल मै गएर साँकेतिक प्रर्दशन गर्ने समेत तयारी गरेका छन् ।

थप समाचार