Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८० कम्पनीको शेयरमूल्य बढेको छ । भने ५५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा पोखरा फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज रिभर फल्स पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार