Below Menu
Below Menu

हिमालयन लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले साढे एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पाीले साविकको गुराँस लाइफ इन्स्योरेन्सको एक लाख ५० हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र कम्पनीको कानुन विभागमा लिखित जानकारी दिनुपर्नेछ । 

तोकिएको समयमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Advertisment

थप समाचार