Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव 

सन नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रालि, कालिकास्थान, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बैशाख २७ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार बैशाख २६ गतेसम्म कायम भएका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

Advertisment

थप समाचार