काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले करिब ६ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ९० हजार १८७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयरमूल्य १७) रुपैयाँ तोकिएको छ । कमपनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले जेठ ३ गतेसम्म बिक्री प्रबन्धक एनआईशी एसिया क्यापिटलमा आफ्रले खरिद गर्न चाहेको शेयरमूल्य र कित्ता खुलाई आवेदन दिनुपर्नेछ ।
शेयर खरिदका लागि न्युनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सकिने छ ।
Advertisment