काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) जेठ १८ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लागनी कोषलाई छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०८० मंसिर २९ गते बाँडफाँट गरी सामुहिक लगानी कोषका लागि छ्ट्याएको ५ प्रतिशत अर्थात ७० हजार कित्ता शेयर लकइनमा राखेको थियो ।
उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment