Below Menu
Below Menu

कालिका लघुवित्तको नाफा घट्यो, अन्य सुचक कस्तो ? 

कालिका लघुवित्तको नाफा घट्यो, अन्य सुचक कस्तो ? 

काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्रयि विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधमिा संस्थाले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९.८२ प्रतिशतले कम हो । गत आवको सोही अवधमिा लघुवित्तले ३ करोड ५६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण खुद नाफा प्रभावित भएको हो ।

चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ८.७९ प्रतिशतले घटेर १८ करोड ३ लाख १० हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ९.८२ प्रतिशतले घटेर ४ करोड ५८ लाख ९५ हजार रुपैयाँमा आएको छ ।

यस अवधमिा संस्थाको खराब कर्जा भने ०.६४ प्रतिशत विन्दुले घटेर ४.९६ प्रतिशतमा झरेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ११.५० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा छ ।

Advertisment

थप समाचार