काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १४.३३ अंकले बढेर १९८०.२७ बिन्दुमा बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज रिभर फल्स पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment