काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण पठाएको छ। प्राधिकरणबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।
Advertisment