काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा संस्थाको नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । यसका साथै इम्पेरमेन्ट चार्ज घटेका कारण पन िलघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७३.७२ प्रतिशत बढेको छ। तर, खुद फि तथा कमिशन आम्दानी २३.६८ प्रतिशत घटेको छ।
गत वर्ष ४.९९ प्रतितश रहेको लघुवित्तको निष्क्रिय कर्जा घटेर ४.६१ प्रतिशतमा झरेको छ। त्यस्तै संस्थाको इम्पेरमेन्ट चार्ज २ करोड २९ लाख रुपैयाँबाट घटेर १७ लाखमा सीमित भएको छ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। चैत मसान्तसम्म संस्थाको इपीएस बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १५२.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.४६ गुणा रहेको छ।
यस अवधमिा लघुवित्तको वितरणयोग्य मुनाफा ६२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ५९ पैसा रहेको छ। चैतुम्म ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ।
Advertisment