Below Menu
Below Menu

कृति भेन्चर फण्डले डाक्यो साधारणसभा, बोनस शेयर र आईपीओ जारी गर्ने प्रस्ताव 

कृति भेन्चर फण्डले डाक्यो साधारणसभा, बोनस शेयर र आईपीओ जारी गर्ने प्रस्ताव 

काठमाडौं : कृति भेन्चर फण्ड सातों वार्षिक साधारणसभा जेठ ८ गते बोलाएको छ । कम्पनीको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले सो दिन टिम कर्पोरेट सेन्टर गैरिगाउँ काठमाडौंमा दिउँसो ४ बजे साधारणसभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले सर्वसाधारणलाई साधारण शेयरको प्राथमिक सार्वजनिक निष्काशनर बोनस शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

साथै सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

त्यसैगरी सभाले आगामी आवको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने (प्रस्तावित वोनस शेयरको कर प्रयोजनार्थ), संचालक समिति सदस्य नियुक्ती सम्बन्धी मिति २०८० भदौ ५ गते संचालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्ने छ ।

सभाले सर्वसाधारणलाई साधारण प्राथमिक सार्वजनिक निष्काशन जारी गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनको लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनी गाभ्ने÷गाभिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

Advertisment

थप समाचार