नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर बिक्रीमा 

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले ११ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । 

कम्पाीको शेयरमा विद्यमान संस्थापक शेयरधनी र अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी वैशाख २६ गतेसम्म थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
 

थप समाचार