काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २६कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शाइन रेसुङगा डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment