क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल

क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल

काठमाडौं :  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल नियुक्त भएको छ । 

कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमाइन्स्योरेन्सको तर्फबाट एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरिएको हो । 

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् । 
 

थप समाचार