Below Menu
Below Menu

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं : नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न जेठ ४ गते, शुक्रबार विशेष साधारण  गर्ने भएको हो । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

 त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार बैशाख २६ गतेसम्म  कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Advertisment

थप समाचार