काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले १४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यसैगरी तेस्रो त्रैमासमा मात्रै यो कम्पनीले २ लाख ७३ हजार रुपैयाँ कमाएको छ। चैत मसान्तसम्म इन्स्योरेन्सले ४ करोड ८१ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको भने खुद बीमाशुल्क ४ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ।
समिक्षा अवधमिा कम्पनीको खुद दाबी भुक्तानी २ करोड ७० लाख रुपैयाँ रहेको भने एक करोड ९७ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।
चैतसम्म ५२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६ लाख ३६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ५२ लाख २० हजार रुपैयाँ रहेको छ।
सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ०.५४ रुपैयाँ रहेको छ।
Advertisment