Below Menu
Below Menu

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

Advertisment

थप समाचार