काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क र खुद नाफा दुबै बढेको हो । यस अवधिमा एक अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १०२.२३ प्रतिशत बढेको छ भने कुल खर्च ९३.०९ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ९६.२९ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्म आइपुग्दा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधमिा इन्स्योरेन्सको इपीएस ८.६९ रुपैयाँ बढेर २८.३७ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २६.४४ गुणा र प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा रहेको छ ।
चैत मसान्तसम्म २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड २ लाख र अन्य इक्विटीमा ९६ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment