काठमाडौं : साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवोका सोही अवधिको तुलानमा ३६५.८५ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको चैतको तुलनामा संस्थाको नाफा उल्लेख्य बढेको हो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेको छ । त्यस्तै इम्पेरमेन्ट चार्ज पनि घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी २५.९० प्रतिशतले बढेर २१ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको भने कुल सञ्चालन आम्दानी २०.९७ प्रतिशतले बढेको छ ।
गत आवमा ३.७७ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा भने बढेर ४.१० प्रतिशत पुगेको छ । त्यस्तै लघुवित्तको इम्पेरमेन्ट चार्ज भने २ करोड ५८ लाखबाट घटेर ७ लाख ३५ हजारमा सीमित भएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म लघुवित्तको इपीएस १६.७७ रुपैयाँले बढेर २१.३५ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधमिा संस्थाको मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८ पैसा रहेको छ ।
चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ । ३८ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment