Below Menu
Below Menu

क्रेष्ट माइक्रो लाइफ प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न

क्रेष्ट माइक्रो लाइफ प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला सम्पन्न

काठमाडौं :  क्रेष्ट  माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रम विशेष समारोहका बीच चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको हो । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए । 

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भनाई ब्यक्त गरी भई लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बढाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा कम्पनीका सिईओ श्रेष्ठले अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीताको अपेक्षासहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको ब्यक्तित्व विकास तथा ब्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । 

उक्त समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले स्वागत मन्तब्य सहित स्वागत गरेका थिए । 
 

Advertisment

थप समाचार