काठमाडौं :आइएमई लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांशमा संशोधन गरेको छ । कम्पनीले अब आर्थिक वर्ष २०७९;८० को नाफाबाट शेयरधनीहरुलाई २५ पव्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीले बोनस शेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो ।
नियामक नेपाल बिमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि वैशाख २१ गतेको सञ्चालक समिति बैठकमार्फत उक्त संशोधन गरिएको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
Advertisment