महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी

महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी

पाल्हीनन्दन : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका(१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भनेपछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो ।

Sponsored Advertisement

भन्सार कार्यालयका सुुचना अधिकारी मोहराज जैसीका अनुसार प्रहरीले अवैध रुपमा भित्र्याइएको कपडा, मोबाइलका पार्टस, हार्डवेयर, विभिन्न प्रकारका मोबाइल कभरसमेत भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान लिलाम गर्ने प्रक्रिया लामो हुँदा लिलाम गर्न ढिला भएको छ । “समान लिलामका लागि सूचना सार्वजनिक गर्दा व्यापारीहरुले सामानको मूल्य बढी भयो भन्दै लिलाम सकार गर्न नमानेपछि एक करोड मूल्य बराबरको समान गोदामभित्र सडिरहेको छ”, सुुचना अधिकारी जैसीले भने।

उद्योग वाणिज्य सङ्घ र भन्सार कार्यालयले समानको बजार मूल्य तोकेका आधारमा बरामद गरिएका सामानहरुको मूल्य तोकेर सामानसहित कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयमा बुुझाउने गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । रक्षाकर्मीहरुले रातदिन सीमाक्षेत्रमा खटेर पक्राउ गरेका अवैध मालसामान भन्सार कार्यालयले समयमै लिलाम नगर्दा दुई करोड मूल्य बराबरको विभिन्न समान गोदाममै सडेको हो ।

थप समाचार